कैदीबन्दीहरुलाई कम्प्युटर तालिम सिकाउन सुरु
डोटी/ डोटी जिल्ला कारागारका कैदीबन्दीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ।
डोटी कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीका अनुसार कारागारमा रहेका १२ जना कैदीबन्दीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो। सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग कार्यालय डोटीको प्राविधिक सहयोगमा उक्त तालिम प्रदान गर्न लागिएको हो ।
तालिमका लागि मन्त्रालयले चार लाख रुपैयाँ दिएको कारागार प्रमुख बोगटीले वताए। यसअघि कैदीबन्दीहरुका लागि हाउस वायरिङ तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख दीपेन्द्र शाहले बताए।
उनले भने ‘डोटीमा रहेको बाल सुधार गृहमा रहेका १० जनालाई पनि हाउस वायरिङ तालिम सम्पन्न भएको छ।’
प्रतिक्रिया