विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर निधन
हेटौंडा/ करेन्ट लागेर मकवानपुरका एक विद्यार्थी नेताको निधन भएको छ ।
मत्यु हुनेमा हेटौंडा-१७ का २८ बर्षीय गिरिजा अधिकारी रहेका छन् । गाउँमा सडक विस्तारको क्रममा घरको विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनको शव हेटौंडा अस्पतालको शव गृहमा छ । अधिकारी यसअघि नेकपा माओवादी निकट विद्यार्थी संगठनका नेतम थिए । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए ।
प्रतिक्रिया