बर्षाका कारण जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजबाट
हेटौंडा। मकवानपुरगढी गाउँपालिकामा बुधबारबाट हुने भनिएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।
वर्षाका कारण स्थगित भएको प्रतियोगिता मौसममा सुधार आएपछि आजबाट सुरु हुन लागेको प्रतियोगिताका संयोजक ईन्द्र प्रसाद संजेलले जानकारी दिए ।
आमभञ्ज्याङ युवा क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो आज गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेल कैलाश गाउँपालिका र बज्रबाराही क्लब थाहानगर बीच हुने छ । प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसैगरि,प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।