मकवानपुरमा थप २५ जनामा कोरोना संक्रमण
हेटौंडा । मकवानपुरमा आज थप २५ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ जनामा पिसिआर र ६४ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ९ जना र १६ जना गरी २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैबीच,सोहि समयमा जिल्लामा २ जनाले संक्रमणलाई जितेका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय २ पुगेको छ ।
प्रतिक्रिया