८१ दिनपछि बागमती प्रदेशसभा बैठक बस्दै

पालिका डायरी
२९ फाल्गुन २०७८, ०९:०६
पटकपटक स्थगित हुँदै आएको बागमती प्रदेशसभा बैठक ८१ दिनपछि आज बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण ८ पुसमा स्थगित प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक ४ फागुनमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि १६ फागुनमा बोलाइएको थियो । तर प्रदेशसभा सचिवालयले विशेष कारणले बैठक स्थगित गर्नु परेको सूचना जारी गर्दै स्थगित गरेको थियो । आइतबार बस्ने बैठकमा भने प्रतिपक्ष दल नेकपा एमालेले अवरोध नगर्ने पक्षमा रहेको र बैठक सञ्चालन हुने सभामुख सानुकुमार श्रेष्ठले बताए । ‘फागुन ४ गते बसेको सर्वदलीय बैठककै निर्णयअनुसार आजको बैठक सञ्चालन हुनेछ । बैठक अवरोध नगर्ने र सहमतिमा जाने सल्लाह भइसकेको छ,’ सभामुख श्रेष्ठले भने । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पनि आफूहरूको मागको बारेमा सर्वदलीय बैठकमै छलफल भसकेकाले बैठकमा अवरोध गर्ने अवस्था नरहेको बताइन् । ‘अवरोध गर्ने, बैठकमा नै सहभागी नहुने भन्ने हाम्रो पार्टीको योजना त छैन । तर, हाम्रा मागहरूलाई संशोधन गराउन भने दबाब दिने छौं,’ उनले भनिन् । राजेन्द्र पाण्डे नेतृृत्वमा बनेको बागमती प्रदेश गठबन्धन सरकारले आठवटा मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । साथै, एमालेले आफ्नो सरकारले ल्याएको योजनाहरू कटौतीप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ ।

 हेटाैंडा /  पटकपटक स्थगित हुँदै आएको बागमती प्रदेशसभा बैठक ८१ दिनपछि आज बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण ८ पुसमा स्थगित प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक ४ फागुनमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि १६ फागुनमा बोलाइएको थियो । तर प्रदेशसभा सचिवालयले विशेष कारणले बैठक स्थगित गर्नु परेको सूचना जारी गर्दै स्थगित गरेको थियो ।

आइतबार बस्ने बैठकमा भने प्रतिपक्ष दल नेकपा एमालेले अवरोध नगर्ने पक्षमा रहेको र बैठक सञ्चालन हुने सभामुख सानुकुमार श्रेष्ठले बताए । ‘फागुन ४ गते बसेको सर्वदलीय बैठककै निर्णयअनुसार आजको बैठक सञ्चालन हुनेछ । बैठक अवरोध नगर्ने र सहमतिमा जाने सल्लाह भइसकेको छ,’ सभामुख श्रेष्ठले भने ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पनि आफूहरूको मागको बारेमा सर्वदलीय बैठकमै छलफल भसकेकाले बैठकमा अवरोध गर्ने अवस्था नरहेको बताइन् । ‘अवरोध गर्ने, बैठकमा नै सहभागी नहुने भन्ने हाम्रो पार्टीको योजना त छैन । तर, हाम्रा मागहरूलाई संशोधन गराउन भने दबाब दिने छौं,’ उनले भनिन् ।

राजेन्द्र पाण्डे नेतृृत्वमा बनेको बागमती प्रदेश गठबन्धन सरकारले आठवटा मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । साथै, एमालेले आफ्नो सरकारले ल्याएको योजनाहरू कटौतीप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिक्रिया