बागमती प्रदेश : ६ महिनामा मात्रै १५ प्रतिशत बजेट खर्च

पालिका डायरी
१ चैत्र २०७८, २०:३८
बागमती प्रदेश : ६ महिनामा मात्रै १५ प्रतिशत बजेट खर्च

हेटाैंडा / आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्य अनुसारको बजेट खर्च गर्न सकेको छैन ।

आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशले चालु आर्थिक वर्षको अर्धवार्षिकी समीक्षामा १५.१५ प्रतिशत मात्रै बजेट खर्च गरेको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकटेलले बताए ।

मंगलबार मन्त्री जम्मकटेलले पत्रकार सम्मेलनको आयोजना गरेर आर्थिक वर्ष २०७८/०७९ को बजेटको अर्धवार्षिकी समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

चालु आर्थिक वर्षको कुल विनियोजित बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रहेकोमा आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ८ अर्ब ७४ करोड ६४ लाख ९० हजार मात्रै खर्च भएको आर्थिक मामिला तथा योजनामन्त्री जम्मकटेलले बताए ।

समीक्षा अवधिमा कुल खर्चमध्ये चालुतर्फ ५ अर्ब २ करोड १६ लाख ३३ हजार अर्थात विनियोजित रकमको १९.३० प्रतिशत खर्च भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट स्थानीय तहलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानमा ७ अर्ब ५० करोड ५६ लाख ४१ हजार वित्तीय हस्तान्तरण गरने लक्ष्य लिए तापनि २ अर्ब ८० करोड ३५ हजार अर्थात् ३७.३१ प्रतिशत मात्रै हस्तान्तरण भएको मन्त्री जम्मकटेलले बताए । जुन गत आर्थिक वर्षको तुलनामा १८.२५ प्रतिशत मात्रै हो ।

प्रतिक्रिया