आउँदो बजेट कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्ने किसिमको हुनुपर्छ : प्रेमबहादुर पुलामी

पालिका डायरी
१४ जेष्ठ २०७९, १४:५३
आउँदो बजेट कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्ने किसिमको हुनुपर्छ ः प्रेमबहादुर पुलामी

नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले आउँदो बजेट कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्ने किसिमको हुनुपेर्ने र आयतलाई घटाउने तथा निर्यातलाई बढाउने हुनुपर्ने बताए ।

शनिबार बागमती प्रदेश सभामा प्रदेशमा बोदै प्रदेश सभा सदस्य पुलामीले प्रदेश सभामा उनले बजेटलाई कृषि,स्वास्थ्य,शिक्षालाई प्राथमिकतामा राख्दै समाजवाद उन्मुख अर्थतन्त्र हुनुपर्ने बताए । उनले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उदेश्य सत्ता हत्याउन नभई प्राप्त उप्लब्धी जोगाउनु रहेको बताएका छन् । हालै सम्पनन स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको टिका टिप्पणी धेरै भएको भन्दै उनले प्राप्त उप्लब्धी जोगाउन गठबन्धन भएको दाबी गरे ।

उनले भनेः गठबन्धन गर्यो,गठबन्धनले धेरै सिट जित्यो । किन जित्या भनेर यहाँ प्रश्नहरु गरिरहेको हामीले सुनिराखेका छौ । म यहाँहरु संग आग्रह गर्न चाहान्छु । गठबन्धन गर्नुको मुख्य कारण भनेको एनि हाउ सत्ता हत्याउ हैन की एनि हाउ उप्लब्धी जोगाउ थियो । यहाँहरुलाई म नआत्तिन पनि आग्रह गर्न चाहान्छु,यो सुरुवात मात्रै हो ।

प्रतिक्रिया
pulami