संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, इन्द्रसरोवर गाउँपालिकालाई कति ?
सुनिता बिष्ट
हेटौंडा / आर्थिक बर्ष २०७९/०८० को लागि संघीय सरकारले मकवानपुर जिल्लाले ४ अर्ब २९ करोड ३९ लाख रुपैंया बजेट पाएको छ ।
समानिकरण अनुदान तर्फ १ अर्ब ४० करोड ६६ लाख अनुदान संघीय ससरकारले छुट्याएको छ । त्यस्तै सशर्त अनुदान तर्फ २ अर्ब ६५ करोड ५८ लाख रहेको छ भने, बिशेष अनुदान तर्फ ११ करोड ४५ लाख अनुदान छुट्याएको छ । त्यस्तै समपुरक अनुदानमा ११ करोड लाख रुपैंया मकवानपुरलाई संघीय सरकारले अनुदान उपलब्ध गराउने भएको छ ।
जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै रकम हेटौंडा उपमहानगरपालिकाले १ अर्ब भन्दा धेरै पाउने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले २३ करोड ६२ लाख रुपैंया अनुदान रकम उपलब्ध गराउने भएको छ । इन्द्रसरोबर गाउँपालिकाको लागि चालु आर्थिक बर्ष २०७९/०८० को लागि संघीय सरकारले कुल २३ करोड ६२ लाख रुपैंया अनुदान रकम उपलब्ध गराउने भएको छ ।
संघीय सरकारले समानिकरण अनुदानमा गाउँपालिकालाई ८ करोड १ लाख रुपंैया, सशर्त अनुदानमा १२ करोड ९७ लाख, बिशेष अनुदानमा १ करोड ५ लाख रुपैयाँ र समपुरक अनुदानमा १ करोड ५० लाख रुपैंया उपलब्ध गराउने छ । त्यस्तै चालु तर्फ २० करोड ५८ लाख अनुदान उपलब्ध गराउनेछ भने पुँजीगत तर्फ ३ करोड ४ लाख रुपैंया संघीय सरकारले उपलब्ध गराउने भएको हो ।