थाहा नगरको फेदिगाउँ, फाँटबजार बस्ती बचाउन बिशेष योजना बनाएर काम गर्छु–महेश बर्तौला

पालिका डायरी
१५ कार्तिक २०७९, १४:४६
थाहा नगरको फेदिगाउँ, फाँटबजार बस्ती बचाउन बिशेष योजना बनाएर काम गर्छु–महेश बर्तौला

हेटौंडा / नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेशका उपसचिब महेश कुमार बर्तौले थाहा नगरको फेदि गाउँ फाँटबजार बस्ती बचाउन बिशेष योजना बनाएर काम गर्ने बताउनु भएको छ ।

थाहा नगरपालिका वडा नम्बर–१ फाँटबजारमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले जबजब स्थानीयले चुनाब जिते त्यति बेला मात्रै बिकास भएको इतिहाँस रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले दामन, पालिउङ्ग, चित्लाङ्ग, भीमफेदी र कैलाश जोडेर पर्यटनको योजना बनाएर करिडोर निर्माण गर्न आफुले भुमिका खेल्ने बताउनुभयो ।

यो क्षेत्रमा बसोबास गर्ने नेवारी समुदायको कला संस्कृति, साहित्यको संरक्षण गर्न र यसको माध्यम बाट पर्यटन बिकास गर्ने तथा यहाका जनताको चुलोको समृद्धि लेराउने बताउनु भयो । थाहा भन्ना साथ तरकारी जोन भनेर चिनिने भएकोले यहाको यरकारिको बेमौसमी खेती, बजार, मल बिउमा आफुले देखिने गरेर काम गर्ने बताउनु भयो ।

२० बर्ष सँसद भएका बिरोध खतिवडाले सदनमा चन्द्रागिरी सडकको बिरोध गरेको र जनताको बिचमा मैले गरेको भनेर भ्रम छरेको आरोप समेत उहाँले लगाउनुभयो । २१ दिन तपाइले मिहिनेत गरेर सांसदको लागि आफुलाई म्याण्डेड मागिदिनुस आफू पाँच बर्ष जनताको नोकरको रुपमा सेवा गर्ने बताउनु भयो ।

कार्यक्रममा क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले आफुहरु संघ र प्रदेसको उम्मेदवार दुबैजना यहाको स्थानीय अर्गानिक उम्मेदवार रहेको बताउनु भयो ।

उहाले रुपचन्द्र बिस्टको सम्झना गर्दै थाहाले बिष्ट पछि पहिलो पटक उम्मेदवार पाएको बताउदै दुबै जना स्थानीय उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गर्नु भयो ।

प्रतिक्रिया