गठबन्धनको भ्रममा नपरी ढुक्क भएर सूर्यमा मतदान गर्नुस : केन्द्रिय सदस्य राना

पालिका डायरी
१८ कार्तिक २०७९, २१:५७

राम कुमार दनी

हेटौंडा /  नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज  रामेश्वर रानाले मकवानपुरमा सकुम्बासी, भुमिहिनको लागि लालपुर्जा दिन अब केही काम मात्र बाँकी रहेको बताएका छन् ।

शुक्रबार हेटौंडा ११ सिमलटार टोलको चुनावी प्रचार प्रसारको क्रममा भएको कोण सभालाई सम्बोधन गर्दै  रानाले आफु भूमि समस्या समाधान आयोग मकवानपुरको जिल्ला अध्यक्ष हुँदा धेरै काम भएको र गठबन्धनको सरकार आए पछि सुकुम्बासिको समस्या समाधान गर्ने काम  नभएको भन्दै फेरि  एमालेको सूर्य चिन्हमा मत हालेर केपि ओलिलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरे ।  रानाले एमालेको सरकार बनेपछि सुकुम्बासी र भूमिहिनको समस्याको खोजी हुन्छ भन्दै आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा आफ्नो हक अधिकार सुनिश्चितता लागि सूर्यमा मत हाल्न आवहान गरे ।

रानाले गठबन्धनको उम्मेदवारले अहिले पनि गरिब र सुकुम्बासीहरुलाई झुक्याउन खोजिरहेको भन्दै अब कदापी नझुकिन आग्रह गरे  । अहिले गरिव र सर्वहाराको पार्टी भनेको नेकपा एमाले भएकोले गठबन्धनको भ्रममा नपर्न आग्रह समेत गरे ।  यो चुनावमा नेकपा एमालेको  स्पष्ट बहुमत आए केपि ओलि नेतृत्व को सरकार  बन्छ र यस सिमल्टारको करिव १९०० भूमिहिन सुकुम्बासीलाई जग्गा धनी पुर्जा दिनुको साथै भीमफेदी देखि लोथर सम्म्को राप्ती किनारमा राप्ती करिडोर   निर्माण गरी दोस्रो सौराहा बनाइने उद्घोष गरे । रानाले  अहिले सुकुम्बासी भनेर चिनिरहेको यो बस्तीलाई एमालेको सरकार बने एकीकृत नमुना बस्तीमा रुपान्तरण गरिने बताए । रानाले संविधानको रक्षा, विकास र समृद्धीका लागि एमालेको  जित अति आवश्यक रहेको भन्दै सबैलाई सूर्यमा मत हाल्न अनुरोध गरे ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर २ को  क प्रदेश  सभा सदस्य उम्मेदवार  बिष्णु प्रसाद ढकालले  आफुले चुनाव जित्दा जनताको अनुहारमा चमक आउने काम गर्ने बताए । उनले आफू भुगोल बाट राजनीति गरेर आएको भएकोले जनताको समस्या राम्रो सङ्ग बुझेको जनताको भावना बिपरित काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पहिलाको जनप्रतिनिधिको रवैयाको कारण हामी जस्तो निस्टा र इमान्दारी मान्छेलाई जनताले प्रश्न गर्नी ठाउँ पाए भन्दै आफु जनताको जनभावनाबाट कदपी बाहिर नजाने उद्घोष गर्दै  ढकालले  सूर्य चिन्हमा मतदान गरि नेकपा एमालेलाई बिजय गराउन अनुरोध गरे  ।

चुनाव प्रचारप्रसार कार्यक्रममा नेकपा एमाले हेटौंडा नगर कमिटीका अध्यक्ष लगाएत वडा कमिटीका सबै पदाधिकारी उपस्थितिमा हेटौंडा ११ को विभिन्न वस्ती टोल र समुदायमा पुगेको थियो ।

प्रतिक्रिया
received_498731742311139