मकवानपुर : मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नियुक्तीपत्र र भत्ता लिने कर्मचारीको भीड
हेटौंडा / मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर खटिने कर्मचारीहरुलाई नियुक्तीपत्र र चुनावमा प्राप्त गर्ने भत्ता लिनका लागि दुइ दिन देखि मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा भीड लागेको छ ।
चुनावमा खटिने कर्मचारीहरुलाई हिजो र आज नियुक्तिपत्र र चुनावका लागि आवस्यक भत्ता वितरण गरिएकाले भीड भएको हो । मकवानपुरको क्षेत्र नम्बर–१ र २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनावमा खटिएका कर्मचारी र शिक्षकहरुलाई हिजो र आज नियुक्तीपत्र वितरण भइरहेको छ।
जुन निर्वाचन क्षेत्रमा खटिएका छन् त्यही निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई नियुक्तीपत्र वितरण गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । जिल्लामा ३ हजार जना कर्मचारी खटिएका छन् । ३ हजार जना कर्मचारी मध्यमा ५ सय जना सहायक स्तरका शिक्षकहरुलाई पनि खटाउने भएको छ । नियुक्तपत्र लिइसकेपछी कर्मचारीलाई चुनाव खर्च र मतपत्र लगायतका मतदानका दिन चाहिने सामाग्री पनि हस्तान्तरणको तयारी गरिएको उहाँले वताउनुभयो ।
हेटौंडामा रहेका बिभीन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ५ सय जना कर्मचारी र अरु पाँच सय जना सहायक स्तरका स्थायी शिक्षकहरुलाई चुनावमा खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो ।
मकवानपुरका प्रत्यक मतदान केन्द्रमा कर्मचारीहरु खटाउन लागिएको छ । स्थानीय तहको चुनावमा भन्दा अहिले प्रदेश र प्रतिनिधीसभाको चुनावमा धेरै कर्मचारी यस जिल्लामा खटिने भएका हुन् । निर्वाचनमा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई हिजो र आज नियुक्तपत्र वितरण गरिएको र भोलीबाट निर्वाचनका सामाग्रीहरु हस्तान्तरण गरिने भएको छ ।