इन्द्रसरोवरका बुद्धिरामले श्रीमतिलाई कुटेर घाईते बनाएर अस्पताल पठाएपछि आफुले गरे आत्महत्या
हेटौंडा / श्रीमतिलाई कुटपिट गरेर घाईते बनाएपछि अस्पताल पठाएर इन्द्रसरोवरका एक युवकले आत्महत्याको बाटो रोजेका छन् ।
बिहिबार राती घरयासी बिबाद हुँदा श्रीमतिलाई घाईते बनाएर आफुले भने आत्महत्या गरेको घटना बाहिरिएको हो ।
घटना उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको हो । गाउँपालिकाकको वडा नंबर ५ स्थित खड्पुका ३० वर्षीय बुद्धिराम बलामीले २४ वर्षीय श्रीमती आस्था बलामीलाई कुटपिट गरि ललितपुरको पाटन अस्पताल पठाई आफु भने घरमै विष सेवन गरि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
श्रीमतिलाई अस्पताल पठाएपछि रातको ११ बजेको समयतिर श्रीमान बुद्धिरामले विष सेवन गरि आत्महत्या गरेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
प्रतिक्रिया