श्रमिकको बार्षिक साधारण सभा सम्पन्न

पालिका डायरी
९ पुष २०७९, १६:५५
श्रमिकको बार्षिक साधारण सभा सम्पन्न

हेटौंडा / श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्ष तथा बामगती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।

२१ सय ९९ शेयर सदस्य रहेको यस सहकारीको पुँजी ३ करोड ५८ लाख ६१ हजार ६ सय रहेको संस्थाका अध्यक्ष नवराज अर्यालले जानकारी दिए । साधारण सभाको अवसरका संस्थामा आवद्ध सदस्यहरुलाई विभिन्न बिषयमा सम्मान समेत गरेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, हेटौंडा ११ की वडाध्यक्ष जुना दाहाल, नेपाल बान का केन्द्रीय उपाध्यक्ष उज्जल चौलागाईं लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
319684859_1827086121023043_5704101787849020401_n