नेपाल फाइनान्सको बार्षिक उत्सवमा वृद्धाआश्रमलाई न्यानो कपडा र खाद्यान्न सहयोग

हेटौंडा / नेपाल फाइनान्स लिमिटेडको ३० औं वार्षिक उत्सबको अवसरमा हेटौंडा शाखाले आज वृद्धाआश्रममा न्यानो कपडा साथै खाद्यान्न सहयोग गरेको छ ।
शाखाले हेटौंडा १५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतन वृद्धाआश्रममा आश्रित ३२ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । शाखा प्रमुख अविरल श्रेष्ठले आश्रममा २ थान ग्याँस सिलिण्डर, २५ किलो दाल, २० किलो चिनी, १० लिटर तेल, ५ किलो सोयाविन लगायत खाद्यान्न सामाग्री वृद्धाआश्रमका केन्द्रिय अध्यक्ष तेजराम निरौलालाई हस्तान्तरण गरे ।
आश्रमका केन्द्रिय अध्यक्ष निरौलाले आश्रममा आउने यस्ता सहयोगले वृद्धवृद्धाको मनोबल बढाउने तथा आश्रम सञ्चालनलाई धेरथोर राहत मिल्ने बताए । सो अवसरमा फाइ्रनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले नेपाल फाइनान्स अझ ग्राहकमुखी तथा समाजसेवामा लागिपर्ने बताए ।
फाइनान्सले देशभर १२ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका बचत खाता, मुद्धती खाता, ऋण सुविधाका साथै मोबाइल बैंकिङ, एटिएम, कनेन्ट आईपिएस र क्युआर गरी अत्यावश्यक सेवाहरु प्रवाह गर्दै आईरहेको हेटौंडा शाखाका अपरेशन ईन्चार्ज पुजा पाख्रिनले जानकारी दिए ।
