रेडियो थाहासञ्चार सप्ताहव्यापीको छैठौं दिन घैंटो फुटाई कार्यक्रम सम्पन्न
बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाको वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको छैठौं दिन शनिवार मकवानपुरे सञ्चारकर्मीबीच घैटौं फुटाई प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
हेटौंडा–४ स्थित भुटनदेवी माबिको खेलमैदानमा आयोजित साताव्यापी कार्यक्रमअन्तर्ग छैठौं दिनको अवसरमा शनिवार बिहान मकवानपुरे सञ्चारकर्मीबीच घैटौं फुटाई प्रतियोगिता सम्पन्न गरेको हो । घैंटो फुटाई प्रतियोगितामा अनिल पराजुली, मनिता राना र निकिता अधिकारीले घैंटो फुटाएका छन् । घैंटो फुटाउन सफल अनिल, मनिता र निकितालाई पुरस्कार स्वरुप प्रतिव्यक्ति ५ सय रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा मकवानपुरका १९ जना सञ्चारकर्मीहरुले सहभागी थिए । रेडियोले १५ वर्ष पुरा गरी १६ वर्षमा प्रवेश गरेको अवसरमा फागुन १ गतेबाट साताव्यापी कार्यक्रम गरिरहेको छ । कार्यक्रमको पहिलो दिन फागुन १ गते सोमवार रेडियो परिसर सरसफाई कार्यक्रम गरेको छ । त्यसैगरी फागुन २ गते मंगलवार स्रोता मिलन कार्यक्रम , फागुन ३ गते बुधबार ‘सम्झनामा रुपचन्द्र विष्ट’ विषयक अन्र्तक्रिया कार्यक्रम गरेको छ । त्यसैगरी साताव्यापी कार्यक्रमको चौथो दिन फागुन ४ गते बहिवार बृहत रक्तदान कार्यक्रम र पाचौं दिन फागुन ५ गते शुक्रवार ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
रेडियो कार्यक्रमको अन्तिम दिन फागुन ७ गते भोली पुरस्कार तथा प्रमाणपत्र वितरण, थाहा वर्ष सम्मान लगायत विविध कार्यक्रम गर्दै १६ औं बार्षिक उत्सब समापन समारोह हुने रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी दिए ।