वडा अध्यक्ष सिग्देलसहितको टोली सचेतनाका लागि घरदैलोमा

पालिका डायरी
२७ चैत्र २०७९, २०:१४

हेटौंडा / हेटौंडा  ४ का  वडा अध्यक्ष नवीन सिग्देल सहितकाे टाेलीले नया शैक्षिक सत्रको अभियान सहित शैक्षिक संस्था भएको  क्षेत्रको  १ सय मिटर वरिपर मध्यपान तथा धुम्रपान विक्री वितरण नगर्न  अनुराेध गर्दै घरदैलाे गरेकाे छ ।

सोमबार  एक कार्यक्रमको आयोजना गर्दै वडा अध्यक्ष  सहितको टोलिले  श्रमिक मावि, ब्रम्हादिक एकेडेमी, नवोदय मावि, हेटौंडा क्याम्पस, आधुनिक मावि, स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी माविकाे क्षेत्रमा  सचेतना स्वरूप घरदैलाे गरिएकाे हाे । घरदैलाेकाे क्रममा बालश्रम, लैङ्गीक हिंसा, लागुऔषध विरुद्ध  स्टिकर समेत विभिन्न स्थानमा टाँसिएकाे छ  ।

विद्यालय क्षेत्र वरिपरि  मध्यपान र धुम्रपान मुक्त बनाउनु विद्यालयलाई शान्ति क्षेत्र बनाउन र लागू औषत, लैङ्गिक हिंसा, र वालश्रम विरूद्व अभियान रहेकाे वडा अध्यक्ष सिग्देलले जानकारी गराए ।

कार्यक्रममा वडा सदस्य जग्गनाथ पाण्डे, सामाजिक अभियान सञ्जाल, टाेल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटी, शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा  ४ काे संयाेजक श्रीराम दाहाल, श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, उपप्रमुख अर्पण पराजुली, महिला तथा वालवालिका सराेकार केन्द्र, मकवानपुरकी अध्यक्ष सरू सिलवाललगायतकाे सहभागीता रहेकाे वडा सचिव टीका कंडेलले जानकारी गराए

प्रतिक्रिया
sigdel-1024×462