खरको छानोमुक्त अभियान : गाउँपालिकामा सम्झौता गरेर खरको छानो फेर्न अध्यक्ष मल्लको आग्रह

पालिका डायरी
१५ जेष्ठ २०८०, २२:०६

हेटौंडा /  मकवानपुरको राक्सिराङ गाउँपालिका भित्र रहेका घरहरु खरको छाना मुक्त गर्ने कामले तीव्रता पाएको छ ।

अधिकांश खरको छाना रहेको राक्सिराङमा सुरक्षित आवास खरको छानामुक्त कार्यक्रमले तीव्रता पाएको हो । विगत २ बर्षअघि देखि सुरु भएको खरको छानामुक्त कार्यक्रमले हालसम्म अधिकांश घरहरुको खरको छाना हटाएर सुरक्षित आवास निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

हाल सुरक्षित अवास खरको छानामुक्त कार्यक्रममा परेका लाभग्राहीहरुलाई गाउँपालिकामा सम्झौता गरि पहिलो किस्ता बुझेर असार १५ गतेभित्र छाना छाउन अध्यक्ष मल्लले गाउँपालिकाबासीलाई आग्रह गरेका छन् ।

उनका अनुसार यस गाउँपालिकामा अझै ६÷७ सय घर परिवार खरकै छानामा निर्वाह गर्दै आएका छन् । गाउँपालिकाले यो अभियानलाई तीव्रता दिन एकीकृत घुम्ती सेवा मार्फत घरमै जस्तापाता समेत पुर्याएको थियो ।

प्रतिक्रिया
raksirang gaupalika