भीमफेदी गाउँपालिका ३ नम्बर वडाको सार्वजनिक सुनुवाई सम्पन्न, विद्यालयमा शौचालय कहिले बन्छ ?

पालिका डायरी
१३ असार २०८०, २२:०१

हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोग तथा आश्रय नेपालको सहजिकरणमा आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

भीमफेदी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पृतिलाल लामाको अध्यक्षतामा भएको कार्यक्रमा वडा सदस्यहरु लगाएत स्थानीय आम उपभोक्ताहरुको उपस्थित रहेको थियो । आश्रय नेपालको प्रतिनिधि तथा हेटौंडाका सकृय संचारकर्मी रुपक कालिराजले सहजीकरण गरेको कार्यक्रममा स्थानीयहरुले वडामा भए गरेको विकासको विषयमा समिक्षा तथा सल्लाह सुझाप दिएका थिए ।

कार्यक्रममा स्थानीयहरुले सडक, बत्ती, खानेपानी , स्वस्थ्य, विद्यालयमा शौचालय नभएको र विद्यार्थीहरुले घारिमा गएर दिशा पिसाप गर्नुको परेको पीडा वडा अध्यक्षलाई सुनाए तर वडा अध्यक्ष लामा भने यो विषयमा आफू जानाकार नभएको र अब वडा सदस्यलाई छिटै हेर्न पठाएर समस्याको समाधान गर्ने प्रतिबद्ध जाहेर गरे ।

यस्तै सहभागिहरुले शिक्षा,स्वास्थ, भौतिक पुर्वाधार र आर्थिक उपार्जनको विषयमा आवाज उठाउदै यस्ता समस्याको समाधान गर्न आह्वान गरेका थिए । यसको जवाफ दिँदै वडा अध्यक्ष लामाले आफू आएपछि वडाको आमुल परिवर्तन भएको र अब बाँकी रहेका समस्याहरुको समाधान गर्न आफू लागिपर्ने प्रतिवद्धता जाहेर गरे ।

प्रतिक्रिया
sarbajanik sunuwai