बागमती प्रदेश सभा बैठक सर्यो अब भदौं २४ मा बस्दै

पालिका डायरी
२० भाद्र २०८०, १०:५९
बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेश सभा बैठक आज पनि नबस्ने भएको छ । २ महिनापछि गत साेमबारको लागि बोलाइएको बैठक दिनभर दलको नेताहरुबीच सहमती हुन नसकेपछि आ बुधबारको लागि तय भएको थियो । तर आज पनि बैठक नबस्ने भएको छ ।

दलहरुबीचको सहमती अनुसार बागमती प्रदेश सभा बैठक अब भदौं २४ गते अपराह्न १ बजे बस्ने भएको छ । बैठक यही भदौं २४ गते बिहान साढे ११ बजे बस्ने गरी सरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । आज बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार भदौ २४ गतेका लागि सारिएको सभामुख पाठकले बताए ।

सोमबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच सहमती हुन नसक्दा आज बस्ने गरी स्थगित गरिएको थियो । बागमती प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो ।

प्रतिक्रिया
bagamati