असोज १०, ११ र १२ गते इन्द्रसरोवरमा निःशुल्क आँखा शिविर हुने

पालिका डायरी
९ आश्विन २०८०, १२:३६
कांग्रेसका जनप्रतिनिधिले गरे इन्द्रसरोवरको बजेट बहिस्कार

हेटौंडा / इन्द्रसरोवर गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल र अनड्रिम अन्धोपन परियोजनाको आयोजना तथा सहयोगमा पालिकाको विभिन्न स्थानमा निःशुल्क आँखा शिविर हुने भएको छ । 

शिविरको स्थानीय आयोजक इन्द्रसरोवर गाउँपालिका र इन्द्रसरोवर ग्रामीण आँखा केन्द्र कुलेखानी रहेका छन् । शिविर यही असोज १०, ११ र १२ गते तीनदिने शिविर हुन लागेको प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले जानकारी दिए ।

शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको  असोज १३ मा निःशुल्क अप्रेसन गरिने र अप्रेसन गर्नुपर्ने बिरामीहरूका लागि निःशुल्क खाना, बस्न र यातायातको व्यवस्था गाउँपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए ।

समय तालिका / शिविरको सूचना यस्तो छ ।

प्रतिक्रिया
indrasarowar