जापान सरकार बागमती प्रदेशमा पूर्वाधार र कृषिमा सहकार्य गर्न सकारात्मक 

पालिका डायरी
१२ आश्विन २०८०, १३:३९
जापान सरकार वाग्मती प्रदेशमा पूर्वाधार र कृषिमा सहकार्य गर्न सकारात्मक 

हेटौंडा /  असोज बागती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र मित्र राष्ट्र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजो सँग जापानको विदेश मन्त्रालयमा भेटघाट र फलफल भएको छ । 

मन्त्री दुलालका स्वकीय दीपक न्यौपानेका अनुसार आज बिहान भएको भेटघाटमा बागमती प्रदेश र स्थानीय तहहरूमा पूर्वाधार र कृषि क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो । जापानका विदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसँग मध्यम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताए । 

उनले नेपालमा जापानी प्रबिधीमा कृषिक्षेत्रमा परिवर्तन ल्याउन जापान सरकार तयार रहेको बताउनुभएको स्वकीय न्यौपानेको भनाई छ । भेटमा मन्त्री दुलालसंगै नेपालको तर्फबाट बागमती प्रदेश युवा तथा खेलकुद पूर्व मन्त्री रत्न ढकाल ,जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, महाभारत गाउपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौंरी देउराली गाउँपालिका अध्यक्ष रेणुका चौंलागाई, राजदूतावासका प्रथम सचिव जीत बहादुर कार्की र नेपाली जनप्रगतिशील मन्च, जापानका नेता हवलचन्द्र लामाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
384543837_3726954817533556_5710067588582604659_n