हेटौंडामा नागरिक सम्मेलन हुने
हेटौंडा / हेटौंडामा वृहत नागरिक सम्मेलन हुने भएको छ ।
सरकारलाई खबरदारी गर्न वृहत नागरिक सम्मेलन गर्न लागिएको हो । गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको साधारणसभाका अवसर पारेर हेटौंडामा प्रदेश स्तरीय वृहत नागरिक सम्मेलन गरिने भएको हो ।
मंगलबार हेटौंडामा जिल्लाका विभिन्न संघसस्थामा आवद्ध नागरिक समाजका अगुवाहरुको भेलामा असोज २१ गते नागरिक सम्मेलन गर्ने र यसको तयारीबारे छलफल भएको थियो ।
गैसस महासंघ बागमती प्रदेशको आयोजनामा हुने नागरिक सम्मेलनमा प्रदेश भरीका विभिन्न संघसंस्थाका करिब पाँच सय पेशाकर्मीहरुको सहभागिता रहने अध्यक्ष आरती पाठकले जानकारी दिइन ।
प्रतिक्रिया