सृजनशील महिला बचत तथा ऋण सहकारी संस्था लि‍. २३ औं वार्षिक साधारण सभा सम्पन्न

राम कुमार दानी
२७ आश्विन २०८०, २०:०६

हेटौंडा / भीमफेदी गाउँ पालिका वडा नम्बर ७ मा रहेको सृजनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

भीमफेदी ७ कोगटेमा भएको सभाले आर्थिक वर्ष असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । सहकारीको अध्यक्ष चन्द्रकला सुनारको सभा अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत संघको अध्यक्ष बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको उपाध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि श्रेष्ठले आफ्नो भनाइ राख्दै सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न आग्रह गरिन । सरकारले लागू गरेको सहकारी नियमानुसार भन्दा बढि व्याज नलिन पनि सञ्चालक समितिलाई आग्रह गरिन । उनले सहकारीको उच्च सफलतालाई धन्यवाद दिँदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरिन। 

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका सचिव अनु आले मगरले सचिवको प्रतिवेदन प्रस्तुत गरेको सहकारीकी व्यवस्थापक सानु कान्छी सिंजालीले बताइन . यस्तै कोषाध्यक्षको प्रतिवेदन संस्थाको कोषाध्यक्ष सजीता चुनिले प्रस्तुत गरेकी थिइन । यसैगरी लेखा समितिको संयोजक सिता घलानले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको व्यवस्थापक सिंजालीले बताइन ।

संस्थाले आफ्ना शेयर सदस्यका छोराछोरीहरूले ०७९ सालको एसइइमा सर्वोकृष्ट नतिजा ल्याउने २ जनालाई मायाको चिनो र स्टेसनरी सामान सहित सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कारोबार गर्ने दुईजना शेयरधनीहरुलाई सम्मान पत्र सहित करुवाले सम्मान गरिएको सिंजालीले बताइन । त्यस्तै संस्थाको पुरानो सदस्य सात जनालाई पनि सम्मान पत्र र करुवाले सम्मान गरिएको सिंजालीले बताइन । संस्थाको चुक्ता पूँजी ५ करोड ४३ लाख ४२ हजार ५ सय ५४ रुपैयाँ ३७ पैसा रहको छ । ०७८/०७९ मा यस्काे नाफा २४ लाख ४४ हजार ४ सय २३ रुपैयाँ रहेको व्यवस्थापक सिंजालीले बताइन । कार्यक्रममा रामेश्वर अर्याल सुरेन्द्र श्रेष्ठ वडा सदस्य सहदेव वाइबा लगायत शेर सदस्यहरूको उपस्थित रहेको थियो

प्रतिक्रिया
370107519_275696842100326_7947990810628566661_n