माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
मोरङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
बेलबारी नगरपालिका–८ भलुवाईकी २८ वर्षीया सुनिता राजवंशीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
आइतबार साँझ घर नजिकै माटो खन्ने क्रममा अचानक माथिबाट खसेको ढिस्कोले उनलाई पुगेको थियो। उनीसँगै माटो खन्न गएकी सोही ठाउँकी गीता राजवंशीले सुनीताको उद्धार गरेर अस्पताल पुर्याएकी थिइन्।
विराटनगरस्थित नोबेल अस्पताल पुर्याउनासाथ डाक्टरले सुनितालाई मृत घोषणा गरेका हुन्।
प्रतिक्रिया