इन्द्रसरोवरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

पालिका डायरी
१७ मंसिर २०८०, ११:११

हेटौंडा । आफै चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवामा एक जनाको वृद्धा महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही स्थान बस्ने ७० वर्षीया कान्छी माया घलान रहेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार चखेल मातातिर्थ सडकखण्डमा अन्तर्गत काठमाडौंबाट चखेलतर्फ आँउदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा कान्छीमाया यात्रा गरि आएकी थिइन् । इन्द्रसरोवरका कुवामा बसबाट ओर्लने क्रममा चालकले बस अगाडि बडाउँदा उनी लड्न पुगेकी थिइन् र सोही क्रममा बसको टायरले उनलाई किचेर गम्भीर घाइते बनाएको थियो ।

उनको उद्धार गरी ट्रमा सेन्टर काठमाडौं पठाइएको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौं पठाइएको थियो । उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक सोही बस्ने वर्ष २६ को राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया