महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ सडक एक महिनाका लागि बन्द

पालिका डायरी
२१ मंसिर २०८०, ११:४५
महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ सडक एक महिनाका लागि बन्द

हेटौंडा / हेटौंडा काठमाण्डौ जोड्ने सबैभन्दा छोटो दुरीको महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द भएको छ । मकवानपुर र काठमाण्डौको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले आजदेखि एक महिनाका लागि गाडीको आवागमन बन्द गरिएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले निर्धारित समयभित्र सडक बनाउन आवागमन बन्द गरिएको जानकारी दिनुभयो । हेटौंडा–काठमाण्डौ आवत–जावत गर्ने साना गाडीको चाप धेरै हुँदा काममा अवरोध पुग्ने भन्दै सडक स्तरोन्नति कार्य निर्धारित समय भित्र सम्पन्न गर्न आउँदो पुस २१ गतेसम्मका लागि गाडीको आवतजावत बन्द गरिएको बताउए ।

काठमाण्डौतर्फ मोडहरूमा ढलान र मकवानपुरतर्फ पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले आवागमन बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सडक प्रदेश सरकारमार्फत स्तरोन्नतिको काम भइरहेको हो । दुवै सडकखण्ड बनाउन निर्माण कम्पनीसँग १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएकोमा पछिल्लो समय म्याद थप भएको समयमा पनि काम पूरा भएको छैन ।

प्रतिक्रिया