मकवानपुरगढी ४ मा भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्न सहजिकरण समिति गठन

पालिका डायरी
२९ मंसिर २०८०, १९:५९
भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्न सहजिकरण समिति गठन

हेटौंडा  / मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका वडा ४ ले वडा भित्र रहेकाे भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्नकाे लागि सहजिकरण समिति गठन गरेकाे छ ।

आज वडा कार्यालयमा भएकाे सराेकारवालाहरुकाे भेलाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन सम्बन्धी कार्यविधि, २०७८ अनुसार वडा स्तरकाे सहजिकरण समिति गठन गरिएकाे हाे ।

कार्यविधि अनुसार स्थानीय तहको प्रमुख वा अध्यक्ष संयोजक रहेकाे सहजिकरण समिति गर्नु पर्ने प्रावधान छ । यस अनुसार वडास्तरमा वडा अध्यक्षकाे अध्यक्षतामा समिति गठन गरिएकाे हाे । वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाकाे अध्यक्षतामा समिति गठन गरिएकाे हाे । समितिकाे सदस्यहरुमा सानुकान्छा मोक्तान, संगीता परियार, सुमित्रा लामिछानेरहेका छन् ।

यसैगरी राजनीति दलको तर्फबाट नेपाली कांग्रेसका श्यामबहादुर पाख्रीन, नेकपा एमालेबाट केदार नाथ सापकोटा, नेकपा माओबादी केन्दबाट हेमबहादुर योन्जन राप्रपा नेपालबाट हस्तबहादुर लोप्चन रास्वपा स्वतन्त्रबाट जनश्याम सिं ठकुरी रहेका छन् । यसैगरी दलित सदस्यको रुपमा काजी मान विक किसान प्रतिनिधिको रुपमा जानुका सिं ठकुरी, संघा संस्था प्रतिनिधिको रुपमा टुकप्रसाद हुमागाई र समितिको सदस्य सचिवको रुपमा वडा सचिब सरस्वती चालिसे रहेका छन् ।

वडा कार्यालयले केही समय अघि लक्ष्यित वर्गकाे निवेदन स‌ंकलन गरेकाेमा ३ दर्जन निवेदन वडामा प्राप्त भएकाे वडा अध्यक्ष तिमल्सिनाले बताए । सहजिकरण समितिले वडामा देखिएकाे समस्याबारे भुमि आयाेगसँग छलफल गरेर समस्यालाई सहजिकरण गर्ने छ ।

प्रतिक्रिया