गाँजालाई वैधानिक बनाउन अर्थ मन्त्री महतलाई ध्यानाकर्षण

सुनिता विष्ट
३ पुष २०८०, २०:३८

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाँजा वैधानिक गर्नका लागि अर्थ मन्त्री प्रकाशशरण महत समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

मंगलबार नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्न हेटौंडा आइपुगेका मन्त्री महतलाई गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र राक्सिराङ गाउँपालिका कांग्रेस सभापति विरेन्द्र जिम्बाले गाँजाको वैधानिकता सम्बन्धि ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्राकृति बरदान गाँजा उपयोग बिक्रि उत्पादन गर्न राज्यले वैधानिक देउ की विकल्प देउ भन्दै आफूहरुले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराइएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । २०२८ सालसम्म इजाजत पत्र लिएर नै गाँजा तथा अफिम खेति गरिदैं आएको र २०३३ सालबाट गैरकानुनी खेतिको घोषणा गरिएको भन्दै पुनः गाँजा खेतिलाई वैधानिकता दिन आग्रह गरिएको अध्यक्ष मल्लको भनाइ छ ।

भौगोलिक विकटता र सिंचाईको सुविधा नभएको राक्सिराङमा गाँजा खेतिको सम्भाव्यता रहेको र यसलाई राज्यले वैधानिकता दिए राक्सिराङका नागरिकलाई आयआर्जनको बाटो खुल्ने बताइएको छ । यहाँका किसानहरुले उल्लेख्य रुपमा गाँजा तथा अफिम खेति गर्दै आए पनि प्रहरीले पटक/पटक फडानी गर्दै आएको छ ।

प्रतिक्रिया