क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा

पालिका डायरी
७ पुष २०८०, २०:४६

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिश्चियन धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।

क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

बिदाको अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया