पुस २७ गते काँडेतारको हेटौंडामा च्यारिटी शो हुने
हेटौंडा / नेपाली चलचित्र काँडेतारको हेटौंडामा च्यारिटी शो प्रदर्शन हुने भएको छ ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन हुने चलचित्रका निर्देशक नवल खड्काले जानकारी दिए ।
निर्देशक खड्काका अनुसार खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागिएको उनले बताए । देशको माटो र नेपाली मान्छे जोगाउनु पर्छ भन्ने भाव चलचित्रमा रहेको भन्दै खुल्ला सीमानाका कारण निम्त्याइएको समस्या चलचित्रको कथासार रहेको निर्देशक खड्काले बताए । देशको ६० भन्दा बढी शो प्रदर्शन गरिसकेको र आगामी फागुन २५ गते चलचित्र देशभर प्रदर्शन हुने खड्काले बताए ।
च्यारिटी शो भने आगामी पुस २७ गते नारायणी मल अवस्थित एनएस सिनेमा हलमा दिउँसो साढे बजेको शोमा काँडेतार प्रदर्शन गरिने निर्देशक खड्काले बताएका छन् । चलचित्र नेपाल भारतको सीमा विवाद, सीमामा हुने झैझगडाको विषयमा चलचित्र निर्माण गरिएको बताउँदै बताए ।
चलचित्रमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुलरीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारहरुको अभिनय रहेको चलचित्रलाई नवल खड्काको कथा तथा निर्देशन रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्धन्द, तारा थापा (किम्भे) र बन्दे प्रसादको सम्पादन रहेको चलचित्रलाई सौरव लामाले खिचेका हुन् ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपील खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्त कुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।