थाहा नगरका दुइ जना १७ वर्ष पछि पक्राउ

पालिका डायरी
२९ पुष २०८०, २०:२५
१७ वर्ष पछि थाहा नगरका हत्याका दोषी दुइ जना पक्राउ

हेटौंडा / कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका दुई पुरुषलाई मकवानपुर प्रहरीले १७ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको थाहा नगरपालिका वडा नं.१२ गैरीगाउँ बस्ने घटौरे, मोटे स्याङ्तान भन्ने रामचन्द्र स्याङ्तान र सार्की माइला भन्ने कालु गोले रहेका छन् ।

गैरीगाउँकै ७० वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्यामा स्याङ्तान र गोलेलाई जिल्ला अदालत मकवानपुरले विंसं.२०६८ असोज ८ गते दोषी ठहर गरी २० वर्ष कैद सजाय सुनाएको थियो ।

अदालतको दोषी ठहर गरेपछि फरार रहेका दुवैलाई आइतबार बिहान गैरीगाउँस्थित घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए । दुवैलाई आजै जिल्ला अदालत मकवानपुरमा पेश समेत गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया