मकवानपुरगढी  गाउँपालिकाको  हिउँदे अधिवेशन माघ ५ गते हुने

पालिका डायरी
४ माघ २०८०, २०:३०
मकवानपुरमा तेस्रो बालमैत्री गाउँपालिका घोषणा हुँदै

हेटौंडा / मकवानपुरगढी  गाउँपालिकाको हिउँदे अधिवेशन यही माघ ५ गते शुक्रबार मकवानपुरगढी गाउँपालिकाको वडा नं.८ स्थित बुढिचौरमा हुने भएको छ । 

अधिवेशनमा बजेट संशोधन गर्ने तयारी गरिएको छ । पालिकाले चालु आर्थिक वर्षमा लिएको लक्ष्य भन्दा निक्कै कम राजश्व संकलन भए पछि केही बजेट संसोधन गर्ने तयारी गरेको हो  । पालिकाले नदीजन्य पदार्थबाट सोचे अनुसार राजश्व उठाउन  नसकेको  गाउँपालिकाको  एक कर्मचारीले बताएका छन  । 

पालिकाले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ भन्दा बढी आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको थियो । लिएको लक्ष्यको आधा राजश्व सम्म उठ्न सकेको छैन।  हिउँदे अधिवेशनले बजेट रकमान्तरण गर्ने र आन्तरिक स्रोतबाट गर्ने  कार्यक्रमको बजेट पनि कटौती  गर्ने तयारी गरेको छ । 

मकवानपुरगढी  गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया