वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण गर्दै मकवानपुरगढी गाउँपालिका

पालिका डायरी
४ माघ २०८०, २२:३७

हेटौंडा /  मकवापुरगढी गाउँपालिकाले वडा स्तरबाट नै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण कार्य सुरु गरको छ ।

मकवानपुरगढी गाउँपालिकाको – ८ वटै वडाहरु मध्ये वडा नम्बर –  ८  मा आज पहिलो चरणको वडा स्तरबाट भत्ता वितरणको काम सुरु गरेको हो । गाउँपालिका केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध- वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा स्तरबाट सेवा दिने कामको सुरुवात गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनु भयो ।

आज मकवानपुरगढी – ८ बुढिचौरमा वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मार्फत जम्मा ६७ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताए ।

हेटौडा उपमहानगरपालिकासंग जोडिएको नजिकको पालिका भएता पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर्गत वडा नम्बर -८ र वडा नम्बर  – १ लाई बिषेश प्राथिमकतामा राखेर बैङं मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको र बाकि रहेको वडाका लाभ ग्राहीहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट वितरण गर्ने र बिस्तारै यो बर्ष भित्र सबै वडाका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गरिने हुमागाँईले बताए ।

साथै १६९ जना लाभग्राही रहेका यस वडामा बाँकि रहेका लाभग्राहीहरुको भत्ता केहि प्राविधिक समस्याले गर्दा आज वितरण गर्न नपाएकाहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट रकम निकाल्न सकिने हुमागाँई बताए ।

आज वडा स्तरबाट भत्ता वितरण कार्यक्रममा बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी इलाका प्रहरी कार्यालय मकवानपुरगढीका सुरक्षाकर्मीहरु वडा सदस्य गोकुल देबकोटा लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया