राष्ट्रिय सभा निर्वाचन – बागमतीमा ३४२ मत खस्यो, ५ जनाले दिएनन् मत
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचन आज सम्पन्न भएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे सकिएको हो। निर्वाचन अधिकृतका अनुसार बागमतीमा हालसम्म ३४२ मत खसेको छ। तर, ५ जना मतदाता भने मतदान प्रक्रियामा सहभागी नभएका छन्।
प्रदेश सभा तर्फ हाम्रो नेपाली पार्टीका दुई सांसद शैलेन्द्रराज बज्रचार्य र समता खड्की मतदानमा सहभागी नभएका छन्। स्थानीय तहतर्फ काठमाण्डौंका मेयर बालेन्द्र शाह, नुवाकोटका किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा पनि मतदानमा सहभागी नभएको जनाइएको छ।
बागमती प्रदेश सभातर्फ १०८ र स्थानीय तहतर्फ २३४ जनाले मतदान गरेका छन्। ४ पदका लागि ६ राजनीतिक दलबाट १५ जना उम्मेदवार चुनावी मैदानमा थिए। मतगणना अब केहीबेरमा सुरु हुने निर्वाचन अधिकृतले जनाएका छन्।
प्रतिक्रिया