थाहा नगरमा चितुवाको आक्रमणबाट दुईजना घाइते

पालिका डायरी
२ फाल्गुन २०८०, २१:०७

हेटौंडा / मकवानपुरको थाहा नगरपालिकामा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन् । बुधबार साँझ थाहा नगरपालिका वडा नम्बर २ मा चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्त कुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका हुन् ।

घाइते दुवैजनालाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। घाइतेहरुको शरीरमा चोटपटक लागेको र अवस्था सामान्य रहेको स्वास्थ केन्द्रले जनाएको छ।
आक्रमण गरेपछि चितुवा धपाउन मानिसहरू कराएपछि भागेको चितुवा सेफ्टी ट्याङ्कीमा खसेको थियो। सोही क्रममा चितुवाको मृत्यु भएको स्थानीयको भनाइ छ।

 

प्रतिक्रिया