साइबर अपराध सम्वन्धि पालुङ जेसीजको सचेतना कार्यक्रम सम्पन्न

पालिका डायरी
१० फाल्गुन २०८०, १४:५५
साइबर अपराध सम्वन्धि पालुङ जेसीजको सचेतना कार्यक्रम सम्पन्न

थाहानगर / पालुङ जेसीजको बर्ष २०२४ को आयोजनामा साइबर अपराध सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार पालुङ बहुमुखी क्याम्पसमा स्नातक तहका अध्ययनरत विद्यार्थीहरू र जेसीजका सदस्यहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बताए ।

इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरले सहजीकरण गरेको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्रको प्रमुख आतिथ्यतामा रहेको थियो ।

युवा पुस्तालाई साइबर अपराधको बारेमा जानकारी गराई यसबाट सचेत बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए ।

अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष संगम कार्की, पूर्व अध्यक्ष जयराम खत्री, नवराज लामा लगायत बर्ष २०२४ का पदाधिकारी, सदस्यहरुकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया