दामनमा हिउँ परेपछि पर्यटन व्यवसायी र किसान खुशी

पालिका डायरी
१० फाल्गुन २०८०, १९:५५
दामनमा हिउँ परेपछि पर्यटन व्यवसायी खुशी

मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा हिउँ परेको छ।

बिहीबार थाहा नगरपालिकामा पर्ने दामन आसपासका क्षेत्रमा वर्षासँगै हिमपात भएको हो। वर्षा र हिमपातले किसानहरू खुशी भएका छन्। लामो समयदेखि वर्षा नहुँदा आलु लगायतका हिउँदे बाली सुक्ने डर थियो। तर वर्षा र हिमपातले बालीलाई राहत दिएको छ। त्यस्तै हिमपात पछि पर्यटन व्यवसायी पनि खुशी भएका छन् ।

दामनमा यस वर्ष पहिलोपटक हिमपात भएको हो। जिल्लाको उच्च पहाडी क्षेत्र दामन, सिमभन्ज्याङ लगायत अग्ला डाँडामा हिमपात हुँदा पर्यटन व्यवसायी उत्साहित बनेका छन्।

यस ठाउँमा हिउँ खेल्नका लागि आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ।

प्रतिक्रिया