अमेरिकामा रेखा थापाले जन्माइन् छोरी

पालिका डायरी
११ फाल्गुन २०८०, १७:२४
रेखा थापाले

चर्चित अभिनेत्री रेखा थापाले अमेरिकामा छोरीलाई जन्म दिएकी छन् ।

उनले आफ्नो पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको जानकारी सामाजिक सञ्जालमा दिएकी छन् । उनले छोरी जन्मेको जानकारी दिँदै उनी जन्मिनुको कारण महान् रहेको बताएकी छन् ।

उनिले आफ्नाे फेसबुकमा लेखेकी छिन् ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ’, उनले भनेकी छन्, ‘हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ ।

त्यतै उनले छोरीको नाम पनि जुराएकी छन् । पतिसहितको तस्बिर सेयर गर्दै उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको जनाएकी छन् ।

 

प्रतिक्रिया