चर्च ब्वाइजमाथि केपी ओली फुटबल क्लबको ३-० को शानदार जित

पालिका डायरी
११ फाल्गुन २०८०, १७:४३

काठमाडौं / केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब  (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ।

एन्फा कम्लेक्समा सम्पन्न खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३- ० गोल अन्तरले पराजित गरेको हो। केपी एफसीका लागि जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरेका थिए।  यो जितपछि अब केपी एफसीले फागुन १५ गते जावलाखेल युथ क्लबसँग खेल्ने छ।

त्यसैगरी प्रतियोगितामा फागुन १३ गते आइतबार एनआरटी र थ्रीस्टार तथा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच गरी दुई खेल हुने छन्।

प्रतिक्रिया