हेटौंडा निवासी धितालको डेब्यू चलचित्र ‘रङ्गेली’ महाशिवरात्रीमा प्रदर्शनमा

पालिका डायरी
१७ फाल्गुन २०८०, ११:०८
हेटौंडा निवासी धितालको डेब्यू चलचित्र 'रङ्गेली' महाशिवरात्रीमा प्रदर्शनमा

हेटौंडा / निवासी सुन्दर धितालको डेब्यू चलचित्र ‘रङ्गेली’ महाशिवरात्रीमा प्रदर्शनमा

नेपाली चलचित्र क्षेत्रमा नयाँ प्रवेश गरेका हेटौंडा निवासी सुन्दर धितालको पहिलो चलचित्र ‘रङ्गेली’ आउँदो फागुन २५ गते महाशिवरात्रीका दिन देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ।

अर्जुन सुवेदीको निर्देशनमा बनेको चलचित्रमा धितालले खलनायकको भूमिका निर्वाह गरेका छन्। ‘पावर एन्ड फियर’को विषयवस्तुमा बनेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर लगायतको अभिनय रहेको छ।

धितालले आफ्नो पहिलो चलचित्र हेर्न सबैलाई आग्रह गरेका छन्। उक्त चलचित्रको ट्रेलर एक साता अघि ओआरयस डिजिटल मार्फत युटुवमा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया