ईन्द्रसरोवरमा लडेर एक जनाको मृत्यु

पालिका डायरी
१९ फाल्गुन २०८०, ११:१२
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा, फागुन १९ / ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ भाङखोलामा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ७० वर्षका पदम बहादुर गोले रहेको प्रहरीले जनाएको छ । हिजो शक्रबार दिउँसो करिब १२ बजेर ३० मिनेट काे समयमा गोले आफ्नै घरबाट पश्चिमतर्फ करिव एक सय मिटर पर गोरेटो बाटोमा लडेर मृत अवस्थामा फेला परेका थिए ।

मृतकको शव पोष्टमाटमको लागि काठमाडौँस्थित टिचिङ अस्पतालमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

प्रतिक्रिया