हेटौंडा १८ मा मोटरसाइकलको ठक्करबाट बालक घाइते
हेटौंडा, फागुन १९ / हेटौंडा उपमहानगरपालिका–१८ रामधुनी चोकमा हिजो (शुक्रबार) दिउँसो मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालक घाइते भएका छन् ।
फुर्केचौरबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ प ६८३ नम्बरको मोटरसाइकलले सडक छेउमा खेलिरहेका स्थानीय लक्ष्मी ब्लोनका छोरा ४ वर्षीय संगम ब्लोनलाई ठक्कर दिँदा घाइते भएका हुन्।
घाइते बालकको निधारमा र बाँया आखाँ माथी चोट लागेको थियो। उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नयाँ मेडीकल कलेज भरतपुर रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बालकको अवस्था सामान्य रहेको बताइएको छ।
प्रतिक्रिया