तेस्रो थाहा नगर अधिवेशनको तयारी पूरा, उद्घाटन पोखरेलले गर्ने

पालिका डायरी
२७ फाल्गुन २०८०, २१:२३
तेस्रो थाहा नगर अधिवेशनको तयारी पूरा, उद्घाटन पोखरेलले गर्ने

हेटौंडा / नेकपा एमाले थाहा नगर अधिवेशनको तयारी पूरा भएको छ।

भोली फागुन २८ गते हुने यस अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ।

पोखरेलले जेसीज हलमा हुने तेस्रो नगर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले नगर अधिवेशन आयोजक समिति संयोजक अच्युतम् प्रसाद ढकालले जानकारी दिएका छन्। उद्घाटन सत्रका लागि एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली र बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेललगायतको आतिथ्यता रहनेछ।

यस अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित ७५ सदस्यीय नगर समिति चयन गर्नेछ। सर्वसम्मत नेतृत्व चयन हुने विश्वास लिइएको छ। १७६ प्रतिनिधि वडा अधिवेशनबाट चयन भइसकेका छन्।

प्रतिक्रिया