थाहा नगरका दुई जना धादिङबाट पक्राउ

पालिका डायरी
२८ फाल्गुन २०८०, १२:२१
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा / मकवानपुर जिल्ला थाहा नगरपालिकाको दुई जनालाई धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ अमर्खबाट प्रहरीले लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय राजेन्द्र दमाइ र थाहा ८ कै वर्ष २३ का सागर भनिने नारायण दमाइ रहेका छन् । उनीहरूको साथबाट लागूऔषध चरेस अन्दाजी ९ किलो ५०० ग्राम सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

२७ गते आइतबार का दिन मकवानपुरबाट महादेवबेसी जाने भित्री सडक खण्डमा मकवानपुरको आग्राबाट महादेवबेसी तर्फ जाँदै गरेको ना ४ ख ४८३ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया