बकैयामा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते

पालिका डायरी
३ चैत्र २०८०, १०:४३
accident palika

हेटौंडा / बकैया गाउँपालिका वडा नम्बरस्थित पाङधुरे पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका छन्। 

धरान–चतरा सडक खण्डको पाङधुरे पुल नजिकै हात्तिसुडेबाट गरगरेतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प १८४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको छेउमा गाडिएको पोलमा ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।  

घाईते हुनेमा मोटरसाइकल चालक मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर ४ गोठखोला का ३४ वर्षीय बिख लाल थिङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । थिङको टाउको, घाँटी र बायाँ खुट्टामा चोट लागेको छ। 

उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया