सिमखोलामा मोटरसाइकल दुर्घटना, एक जना घाइते

पालिका डायरी
४ चैत्र २०८०, ११:०६
Motorcycle accident, one injured AI photo

हेटौंडा / इन्द्रसरोवर गाउँपालिका वडा नम्बर –२  सिमखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

हिजाे शनिबार हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु. ३४ प ३६०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो । दुर्घटनामा मोटरसाइकल चालक  चितवन जिल्ला खैरहनी नगरपालिका वडा नम्बर १ घर भएका २९ वर्षीय यज्ञ बहादुर मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मगरको ढाडमा चोट लागेको भएतापनि अवस्था मध्यम रहेको र उपचारको लागी काठमाण्डौ  छाउनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनी दाङ जिल्लाको रङसिंह दलमा कार्यरत नेपाली सेना हुन् । 

प्रतिक्रिया