‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा बढी मनोरञ्जन ‘महाजात्रा’

पालिका डायरी
९ चैत्र २०८०, २१:१२

हेटौंडा / शुक्रबारबाट प्रदर्शनीमा आएको फिल्म महाजात्रा उत्कृष्ट बनेको छ । सुरुवात देखि नै कमेडीले भरिपूर्ण फिल्म महाजात्रामा नेताको कालो धन लुकाउन गरिएको संघर्षमा पनि कमेडी डाइलगले दर्शकहरुमा थप मनोरञ्जन थपिएको महशुस गर्न सकिन्छ ।
शुक्रबार हेटौंडाको एनएस सिनेमामा महाजात्रा हेर्न आएका दर्शकहरुले फिल्मको पटकथा देखि हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेललगायत कलाकारको अभिनयको तारिफ गरे ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा बढी मनोरञ्जन ‘महाजात्रा’ मा पाइएको दर्शकहरुले तारिफ गरे । फिल्मको बिषयवस्तु, कथा, कमेडी र पारिवारिक सद्धभाव झल्किएको महाजात्रा हेर्नै पर्ने फिल्म बनेको दर्शकको भनाइ छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेल आरम्भ गरिएको छ । चलचित्रले दर्शकहरुलाई बाँधेर राख्न सक्ने दरिलो ताकत देखाएको छ ।

चलचित्रमा मनोरञ्जन संगै सन्देश प्रवाह पनि उत्तिकै छ । पैसाको पछाडी लाग्ने युवापुस्ताले त्यसबाट श्रृजित परिघटनाको सामाना गर्नुपर्ने बाधा ब्यधानहरु चलचित्रमा देखाईको । राजननितिक दलहरुले भबिष्य बोकेका युवाहरुको सपना कसरी कुल्चन छन भन्ने कथा पनि चलचित्रमा हेर्न पाईन्छ ।

प्रतिक्रिया
97019700