बकैयाकी चमेली र रोजिना हेटौंडाबाट पक्राउ

पालिका डायरी
२४ चैत्र २०८०, ११:५४
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

हेटौंडा / हेटौंडाको रातोमाटेबाट लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नम्बर ४ की ३२ बर्षीया चमेली माया घलान र बकैया १० मन्थलीकी रोजिना घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । रातोमाटे प्रहरी चौकीबाट खटिएको पहरी चेकिङ टोलीले हेटौडाबाट काँकडभिट्टा तर्फ जाँदै गरेको मे.१ ख ३३३७ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उनीहरूको साथबाट १२ किलो ९०० ग्राम लागूऔषध गाँजा फेला पारेको प्रहरी जनाएको छ ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया