भीमफेदीमा चट्याङ लाग्दा एक जना घाईते

पालिका डायरी
१ बैशाख २०८१, ११:०४
palika diary

हेटौंडा / भीमफेदीमा चट्याङ लाग्दा एक जना घाईते भएका छन् ।

शुक्रबार भीमफेदी गाउँपालिका वडा नम्बर ८ शिरुडाँडा स्थित  ८१ वर्षीय सानुलाल सिङ गोले घाईते भएका हुन् । गोले आफ्नै घरको पिँढीमा बसिरहेको अवस्थामा चट्याङ लागी बेहोस भएको र तत्काल आफन्तले प्राथमिक उपचार गरी थप उपचारका लागि हेटौंडा अस्पताल लेराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

हाल गोलेको अवस्था सामान्य रहेको र बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया