सलमान खानको घरबाहिर गोली प्रहार, प्रहरी टोली पुग्यो घटनास्थल

मुम्बई प्रहरीले आइतबार बिहान करिब ५ बजे बान्द्रामा बलिउड अभिनेता सलमान खानको घरबाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको बताएको छ ।
घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउन्ड फायरिङ भएको जानकारी पाएको हो ।
अहिले सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली तैनाथ छ। गोली प्रहार भएको ठाउँमा चिह्न लगाइएको छ ।

प्रतिक्रिया